Mon. Nov 19th, 2018

झापाली गायक राजु दंगालको सांगीतिक सपाना

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  

झापाली युवा गायक राजु दंगालले गाएको यो गीतले यतिवेला नेपाली संगीत बजारमा राम्रो स्थान ओगट्न सफल भएको छ । उनले गाएका गीतहरु धेरै क्याम्पसे ठिटा ठिटीहरुका मुखमा गुञ्जिने मात्र हैन मोबाइलको रिङ ब्याक टोनमार्फत अरु धेरै फोनकर्ताले पनि सुन्न पाउने गरेका छन् । प्रबेशिका परीक्षा दिएपछि फूसर्दिला बनेपछि संगीततिर ढल्किएको ताउँछन् ।यही क्रममा उनले कैयौं दिनसम्म कोठाको ढोका थुनेर गायनको अभयास पनि गरे ।’ त्यसपछि आत्मबिश्वास संगालेर स्टेजमा निस्किएको हुँ’ । राजुले सुनाए – ‘स्टेजमा श्रोता र दर्शकले दिएको ताली र वाहवाहीले मलाई यो क्षेत्रमा डेगिलो बन्न प्रेरणा मिल्यो ।’

उनले हजारौं दर्शक जम्मा हुने उनकै घर छिमेकको माइमेला, पथरी र बिराटनगरका स्टेजमा अग्रज कलाकारका गीतमा स्वर दिएपछि उनी साँच्चिकै श्रोताले रुचाइएका गायकमा दरिए । दंगालका छिमेकी सञ्चारकर्मी बिनोद सापकोटाका अनुसार गीतार र हारमुनियम जस्ता बाजामा सानैदेखि रमाउने राजुले गायक र संगितकार बन्ने लक्षण बालकालमै देखाएका थिए ।


अध्ययन बढाउँदै लैजाँदा उनको उमेर पनि तन्नेरी हुँदै गयो ।तन्नेरी उमेरमा आउने भावनालाई उनले गीतलाई लयमा संगाल्दै गए ।’झण्डै डेढ बर्ष्भित्र सातवटा गीत तयार गरें’ लामो कपाल मिलाउदै राजुले भने – ‘गीत तयार गरेपछि एल्बम निकाल्ने कुराको निधो गरेको हुँ ।’ ती गीतहरुमा संगीत राजुले आफैं भरे । एल्बमको नाम राखे ‘मी एलोन फर यू’ अर्थात् तिम्रो लागि म एक्लै ।

एल्बमको नामले नै तन्नेरी तरुनीहरु तानिएकोले उनका फ्यानहरु प्रशश्तै निस्किए । राजुको एल्बममा रहेको माथि उल्लेखित गीत दुइ महिना अघि सम्ममा ९४ हजार मोबाइल प्रयोगकर्ताले डाउनलोड गरेको राजुले बताए । काठमाडौं
राजुले आफनो एल्बमको हालै भिडियो पनि निकालेका छन् । सुटिङका लागि उनले काठमाडौं भक्तपुर रोजेका छन् ।

पहिलो दोस्रो एल्बमको रेस्पोन्सबाट हौसिएका राजुले तेस्रो एलबमको तयारी गरिरहेका छन् । किशोर किशोरी केन्द्रित तीनवटा गीत तयारी गरिसकेको उनले बताए । स्नातक दोस्रो बर्ष पढ्दै गरेका सतासीधाम ७का राजु दंगाल सांगितिक बजारमा आफ्नो वेग्लै परिचय बनाउन सफल होउन्, उनको सफलताको हार्दिक शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *